२०८१ जेठ ५ गते | 18th of May 2024

यी हुन्, अव रिलिज हुने ६ भारतीय चलचित्र

यी हुन्, अव रिलिज हुने ६ भारतीय चलचित्र
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ९:३१

कोरोनाको तेस्रो लहरका बीच भारतका फिल्म हल खुल्ने भएका छन् । हल खुल्ने भएपछि धेरै फिल्म फेब्रुअरी महिनामा रिलिजमा आउन लागेका छन् । जसमा अभिनेत्री आलिया भट्टको ‘गंगुबाई काठियावाडी’देखि राजकुमार राव र भूमि पेडनेकरको ‘बधाई दो’ सम्म रहेका छन् । यस्ता छन् फेब्रुअरीमा रिलिज हुन सक्ने फिल्म ।

‘बधाइ दो’ :  सुपरहिट फिल्म ‘बधाइ हो’ को सिक्वेलको रुपमा निर्माण भएको हो ‘बधाइ दो’ । हर्षवर्धन कुलकर्णी निर्देशित फिल्ममा राजकुमार राव, भूमि पेडनेकर र चुम दराङ जस्ता कलाकारको मुख्य भुमिका छ । फिल्मको रिलिज ११ फेब्रुअरीमा तय भएको छ ।

गंगुबाई काठियावाडी : पटक पटक रिलिज मिति स्थगित हँुदै आएको फिल्म ‘गंगुबाई काठियावाडी’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ । सञ्जय लीला भन्साली निर्देशित फिल्ममा आलिया भट्टको मुख्य भूमिका छ । भट्टले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्वीन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण गरिएको हो ।

शाबास मिठु : तापसी पन्नु अभिनित फिल्म ‘शाबास मिठु हलमा रिलिज हुँदैछ । यो भारतीय महिला क्रिकेटर मिताली राजको जीवन र करियरमा आधारित फिल्म हो । ४ फेब्रुअरीमा रिलिज हुने यो फिल्ममा सृजित मुखर्जीको निर्देशन छ । राजले भारतीय महिला क्रिकेट टोलीको दुई विश्वकप – २००५ र २०१७ मा नेतृत्व गरेकी थिइन् । उनी २२ वर्षदेखि क्रिकेट खेलिरहेकी छिन् ।

खिलाडी  : तेलुगु स्टार रवि तेजाको फिल्म ‘खिलाडी’ मा दोहोरो भूमिका छ । फिल्म फेब्रुअरी ११ मा रिलिज हुनेछ ।

हे सिनामिका  : दुल्कर सलमान, अदिती राव हैदरी र काजल अग्रवाल अभिनित तमिल फिल्म ‘हे सिनामिका’ फेब्रुअरी २५ मा रिलिज हुँदैछ ।

भीमला नायक  : पवन कल्याण अभिनित तेलुगु फिल्म ‘भीमला नायक’ मा राणा दग्गुबतीको पनि अभिनय छ । फिल्म २५ फेब्रुअरीमा हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *