२०८१ जेठ ५ गते | 18th of May 2024

अज्ञात बन्दुकधारीद्धारा नाइजेरियामा ११ जनाको हत्या

अज्ञात बन्दुकधारीद्धारा नाइजेरियामा ११ जनाको हत्या
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते ९:३५

उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरु हुने गरेको छ । सो हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।
आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरुले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुले यस गाउँका कम्तीमा पनि ३६ ओटा घरमा पनि आगजनी गरेका छन् ।
प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरुलाई अस्पताल पुर्याएको थियो ।सो हमला कसले र किन गरेको हो भन्ने बारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *