२०८१ जेठ ११ गते | 25th of May 2024

आउँदो शुक्रबार महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिने

आउँदो शुक्रबार महिला भलिबल टोलीलाई पुरस्कार प्रदान गरिने
Sanchar_np प्रकाशित: २०७८ माघ १७ गते १०:५५

सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आगामी शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्दैछन् ।
बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्जकपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
बंगलादेशको राजधानी ढाकामा गत पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव बढाएको जनाउँदै सरकारले कदरस्वरुप पुरस्कार र सम्मान प्रदान गर्न लागेको हो ।


उक्त च्यालेञ्जकपका १२ खेलाडीलाई जनही पाँच लाख रुपैयाँ तथा प्रमुख प्रशिक्षक र प्रशिक्षकलाई तीन÷तीन लाख तथा टोली व्यवस्थापकलाई दुई लाख रुपैयाँ प्रदान गर्ने कार्यक्रम छ ।
टोलीमा खेलाडीहरु अरुणा शाही (कप्तान), मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु थिए ।
टोलीमा प्रमुख प्रशिक्षक जगदीशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसी रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *