२०८१ जेठ ११ गते | 25th of May 2024

आज नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल, लगातार जितको खोजीमा नेपाल

आज नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेल, लगातार जितको खोजीमा नेपाल
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:१०

नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससविरुद्ध खेल्नेछ । नेपाल र मरिससबीचको खेल ४ः४५ बजे सुरु हुनेछ।
घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।


यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।


प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।


नेपाली टोली :
किरण लिम्बु, विशाल श्रेष्ठ, शत्रुघन चौधरी, गौतम श्रेष्ठ, दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज ज्यु ठकुरी, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, नविन गुरुङ, सुजल श्रेष्ठ, सुवास गुरुङ, अन्जन विष्ट, आशिष लामा, विमल घर्ति मगर, मनिष डाँगी, आशिष राई, एरिक विष्ट, सुशील राई, दर्शन गुरुङ, सन्तोष तामाङ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *