२०८१ जेठ ११ गते | 25th of May 2024

नयाँ पार्टी खोल्दै वामदेव

नयाँ पार्टी खोल्दै वामदेव
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:३६

केही समयअघि नेकपा (एमाले)को उपाध्यक्षबाट राजीनामा दिएका वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमको सचिवालयका अनुसार केही दिनमै पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भइरहेको छ ।
गौतम अहिले राष्ट्रिय सभा सदस्य छन्। २०७४ सालको संसदीय चुनावमा बर्दिया–१ मा पराजित भएका गौतमलाई केपी शर्मा ओली नेतृत्वको २०७७ मा राष्ट्रिय सभा सदस्य मनोनित गर्न सिफारिस गरेको थियो ।
सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मनोनित गरेकी थिइन् । गौतम ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य बनेका हुन् ।
तत्कालीन नेपाल कम्युनिष्ट पार्टी हुँदा गौतम सचिवालय सदस्य थिए । नेकपा विभाजनपछि उनी एमाले उपाध्यक्ष थिए । एमाले विभाजन भएपछि गौतमले उपाध्यक्षबाट राजीनामा दिएका थिए तर उनी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका थिएनन् ।
गौतम मंसिरमा भएको एमालेको १० औं महाधिवेशन प्रक्रियामा पनि सहभागी भएका थिएनन् ।
२०५४ मा एमालेबाट विभाजित भएर गौतमले आफ्नो नेतृत्वमा नेकपा (माले) गठन गरेका थिए। मालेले चार वर्षपछि २०५८ मा एमालेसँग एकता गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *