२०८१ जेठ ५ गते | 18th of May 2024

लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक

लाम्पार्ड एभर्टनको मुख्य प्रशिक्षक
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:४३

इंग्ल्यान्डका पूर्व मिडफिल्डर फ्रान्क लाम्पार्ड इंग्लिस क्लब एभर्टनको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । एभर्टनले सोमबार लाम्पार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
४३ वर्षीय लाम्पार्डले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन् । एभर्टनले गत साता मुख्य प्रशिक्षक राफायल बेनिटेजलाई बर्खास्त गरेको थियो ।
चेल्सीबाट बर्खास्तमा परेपछि लाम्पार्ड पनि क्लब विहीन रहेका थिए । लाम्पार्डको नेतृत्वमा एभर्टनले शनिबार एफए कपमा ब्रेन्टफोर्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *