२०८१ जेठ ११ गते | 25th of May 2024

सोनाम ल्होछारमा वाग्मती प्रदेशमा सार्वजनिक बिदा

सोनाम ल्होछारमा वाग्मती प्रदेशमा सार्वजनिक बिदा
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:४७

सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता साथै आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले बताए । वाग्मती प्रदेशमा तामाङ र ह्योल्मो समुदायले सोनाम ल्होछार पर्व विशेष महत्वका साथ मनाउने गर्दछन् ।
यस पटक यो समुदायमा गोरु वर्ग बिदा भएर बाघ वर्गको स्वागत गरिँदैछ । यसैगरी प्रदेश सरकारले चेपाङ समुदायको न्वागी पर्वमा पनि बिदा दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *