२०८१ जेठ ५ गते | 18th of May 2024

भारतमा एकैदिन ११९२ जनाको मृत्यु, एक लाख ६७ हजार बढी संक्रमित

भारतमा एकैदिन ११९२ जनाको मृत्यु, एक लाख ६७ हजार बढी संक्रमित
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:५१

भारतमा कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै बढिरहेको दैनिक संक्रमित दरमा कमी आएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६७ हजार ५९ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण दर घटेपनि मृतकको संख्या भने भारतमा बढिरहेको छ । एकैदिन थप १ हजार १९२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ५४ हजारजना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या १७ लाख ४३ हजार ५९ पुगेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *