२०८१ जेठ ११ गते | 25th of May 2024

सञ्चारमन्त्री कार्कीको बाटो छेकेर अनेरास्ववियुले देखायो कालो झण्डा

सञ्चारमन्त्री कार्कीको बाटो छेकेर अनेरास्ववियुले देखायो कालो झण्डा
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ५:५९

नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले ललितपुरको पुल्चोकमा एक मन्त्रीको गाडी रोकेर कालो झन्डा देखाएका छन् । उनीहरुले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएका हुन् ।
उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेका थिए । एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाएपछि मन्त्री कार्की गनत्वयमा लागेका थिए ।
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको बताएकी छन् ।
उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *