२०८१ जेठ ११ गते | 25th of May 2024

बर्दियामा टिपरले ठक्कर दिदा २ जनाको मृत्यु, ३ जना घाइते

बर्दियामा टिपरले ठक्कर दिदा २ जनाको मृत्यु, ३ जना घाइते
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:०२

बर्दियामा आगो तापिरहेकालाई टिपरले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा हिजो बेलुकी ८ बजे घर अगाडि आगो तापिरहेका ५ जनालाई भे१क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्थानीय ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा गएराति पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षिया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ ।
टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *