२०८१ जेठ ५ गते | 18th of May 2024

इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरेर ४० हजार डलरसम्म माग्दै स्क्यामर

इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरेर ४० हजार डलरसम्म माग्दै स्क्यामर
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:०५

स्क्यामरहरुले हाईज्याक गरिएको इन्स्टाग्राम अकाउन्टका लागि ४० हजार अमेरिकी डलरसम्म माग गरेका छन् । सेक्योर वर्कका अन्वेषकले हालैमा एक फिशिङ क्याम्पेन पत्ता लगाएका छन् ।
यो क्याम्पेनले कर्पाेरेट अकाउन्टहरुलाई लक्षित गरेको छ । त्यस्तै यसले धेरै फ्लोअर भएको इन्फ्लुयेन्सरहरुलाई पनि लक्षित गरेर इन्स्टाग्राम अकाउन्ट हाईज्याक गरिरहेको छ ।
ह्याकरहरुले फिशिङमार्फत इन्स्टाग्राम प्रयोगकर्ताहरुको डेटा चोरी गर्न खोजिरहेको पाइएको छ । तपाईले अरुको कपिराईट भएको पोस्ट हाल्न खोजेको भनेर साइबर अपराधीले एउटा झुठो नोटिफिकेशन पठाउने गर्दछन् ।
जुन नोटिफिकेशनमा लेखिएको हुन्छ ‘तपाईले इन्स्टाग्राममा पोस्ट गर्न खोज्नुभएको फोटोबारे गुनासो आएको छ । तपाइको पोस्ट कपिराईट इन्फ्रिजिङको रुपमा रिपोर्ट गरिएको छ । त्यसकारण यदि तपाईको अकाउन्ट केही नहोस् भन्ने चाहनुहुन्छ भने तल दिइएको लिकंबाट फाराम भर्नुहोस् ।’
त्यसपछि साइबर अपराधीहरुले फिशिङ वेबसाइटमा लग्ने गर्दछन् जुन साइबर अपराधीहरुद्वारा सञ्चालित हुन्छ । त्यो पेजमा पुगेपछि तपाईले आफ्नो अकाउन्ट लगइन गर्नुपर्ने हुन्छ ।
पासवर्ड हालेपछि तपाईको अपिल स्वीकृत गरिएको छ भनेर नोटिफिकेशन आउने गर्दछ । यस्तो गरेर अकाउन्ट साइबर अपराधीहरुले नियन्त्रण गर्न थाल्नेछन् । यति गरेर स्क्यामरहरुले ४० हजार अमेरिकी डलरसम्म माग गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *