२०८१ जेठ ११ गते | 25th of May 2024

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुन मंगलबार बढ्यो
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:१३

अघिल्ला ५ दिनसम्म लगातार घटेको सुनको मूल्य मंगलबार भने बढेको छ । हिजोको तुलनामा मंगलबार प्रतितोला १ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको छ ।
गत बुधबारदेखि सोमबारसम्म सुनको मूल्य निरन्तर घटेको थियो । बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँ रहेको सुन बिहीबार ९ सय, शुक्रबार÷शनिबार ९ सय, आइतबार ४ सय र सोमबार ४ सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १२४० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । गत बुधबार चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ तोकिएको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *