२०८१ जेठ ५ गते | 18th of May 2024

चैत ११ गते रिलिज हुने भयो ‘आरआरआर’

चैत ११ गते रिलिज हुने भयो ‘आरआरआर’
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:२२

बहुप्रतिक्षित दक्षिण भारतीय फिल्म ’आरआरआर’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । अब यो फिल्म २५ मार्च २०२२ (चैत ११) मा रिलिज हुने पक्का भएको छ ।
यसअघि ७ जनवरी २०२२ मा फिल्म रिलिज हुने भनिएको थियो । आक्रमक प्रचार गरेको फिल्मको प्रदर्शन मिति भारतमा ओमोक्रन भेरियन्ट फैलिएसँगै सिनेमाहल बन्द भएपछि स्थगित गरिएको थियो ।
यसअघि उक्त फिल्म मार्च १८ वा अप्रिल २८ बाट प्रदर्शन गर्ने बारेमा समेत छलफल भएको थियो । १८ मार्चमा अक्षयकुमार अभिनित ‘बच्चन पाण्डे’ र २८ अप्रिलमा अजय देवगनको ‘रनवे ३४’ रिलिज हुँदैछ । त्यसकारण ‘आरआरआर’ रिलिजका लागि नयाँ मिति छानेको हो ।
एसएस राजामौली निर्देशित फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ। यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड मा रिलिज हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *