२०८१ जेठ ५ गते | 18th of May 2024

ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:५१

तनहुँको बन्दिपुर गाँउपालिका–१ बेलभञ्ज्याङमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
डुम्रेबाट पोखरातर्फ जाँदै गरेको लु१ख ९८३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग१८प ९२२५ नम्बरको मोटरसाइकल सोमबार राति आपसमा ठोक्किँदा मोटरसाइकल चालक तनहुँको व्यास नगरपालिका–५ का २२ वर्षीय अनिल बाचेमगर र पछाडि सवार सोही ठाँउका २१ वर्षीय विकास वि.क.को घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक सहित चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *