२०८१ जेठ ११ गते | 25th of May 2024

भारत र वेस्ट इन्डिजबीचको टी–२० सिरिज दर्शकसहित हुने

भारत र वेस्ट इन्डिजबीचको टी–२० सिरिज दर्शकसहित हुने
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:५८

भारत र वेस्ट इन्डिजबीच हुने तीन खेलको टी–२० सिरिज दर्शकसहित हुने भएको छ । १६ फेब्रुअरीबाट कोलकाताको इडेन गार्डेनमा हुने सिरिजका लागि पश्चिम बंगाल सरकारले ७५ प्रतिशत दर्शकलाई मैदानमै गएर खेल हेर्न अनुमित दिने जनाएको हो ।
यसको अर्थ भारत र वेस्ट इन्डिजबीचको खेल करिब ५० हजार दर्शकले मैदानमै गएर हेर्न पाउने भएका छन् । किरण पोलार्डको कप्तानीमा रहेको वेस्ट इन्डिजले टी–२० सिरिज अघि भारतविरुद्ध तीन खेलको एकदिवसीय सिरिज पनि खेल्नेछ ।
एकदिवसीय सिरिज ६ फेब्रुअरीबाट अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । यसअघि पश्चिम बंगाल सरकारले गएको नोभेम्बरमा न्युजिल्यान्डविरुद्धको खेलका क्रममा ७० प्रतिशत दर्शकलाई मैदानमै गएर खेल हेर्न अनुमति दिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *