२०८१ जेठ ५ गते | 18th of May 2024

नक्कली राहदानीमार्फत आइएस सदस्यले युरोप र अमेरिका प्रवेश पाउने गरेको खुलासा

नक्कली राहदानीमार्फत आइएस सदस्यले युरोप र अमेरिका प्रवेश पाउने गरेको खुलासा
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:१९

आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)का सदस्यले नक्कली राहदानीमार्फत युरोपेली र अमेरिकी मुलुक प्रवेश पाउने गरेको खुलासा भएको छ । गार्जियनको नयाँ अनुसन्धानले हालै सो खुलासा गरेको हो ।
आइएससँग जोडिएका सदस्यले आधिकारिक भिजा र यात्रा छापसहित बेलायत, युरोपेली संघ, क्यानडा र अमेरिकालगात मुलुक सहजै प्रवेश पाउने गरेको सोमबार सार्वजनिक अनुसन्धानले फेला पारेको हो ।
आइएसका सदस्यले सिरिया, टर्की, अफगानिस्तान लगायत मुलुकबाट नक्कली राहदानी र अन्य कागजातको आधारमा सहजै पश्चिमा मुलुक प्रवेश गर्ने गरेको बताइएको छ ।
टर्की, सिरिया र उज्वेकिस्तानमा रहेका विभिन्न राहदानी व्यापार सञ्जालहरुले विभिन्न मुलुकको नक्कली राहदानी उपलब्ध गराइदिने गरेको बताइएको । ति सञ्जालहरुले नक्कली राहदानी बनाइदिएवापत करिब १५ हजार अमेरिकी डलर असुल्ने गरेको तथ्य समेत सो अनुसन्धानले पुष्टि गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *