२०८१ जेठ ५ गते | 18th of May 2024

‘स्थानीय तहको चुनाव जेठ ४ मा हुन्छ, एमसीसी पनि पारित हुन्छ’ : प्रधानमन्त्री

‘स्थानीय तहको चुनाव जेठ ४ मा हुन्छ, एमसीसी पनि पारित हुन्छ’ : प्रधानमन्त्री
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:३८

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ४ गते हुने बताएका छन् । उनलाई भेट्न पुगेको वाग्मती प्रदेशका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगको परामर्शमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बताएका हुन् ।
उनले एमसीसी पनि पारित गर्ने तयारी रहेको जानकारी गराएका थिए । भेटमा सहभागी कांग्रेस नेता किरण गिरीले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भने, “स्थानीय तहको निर्वाचन जेठ ४ मा हुन्छ । त्यसको लागि तयारी गर्नु । एमसीसी पनि पारित हुन्छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *