२०८१ जेठ ११ गते | 25th of May 2024

‘नेतृत्व गर्न कप्तान हुनैपर्छ भन्ने छैन’ – कोहली

‘नेतृत्व गर्न कप्तान हुनैपर्छ भन्ने छैन’ – कोहली
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:४०

भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले टिमको नेतृत्व गर्न कप्तान हुनै पर्ने आवश्यकता नरहेको बताएका छन् । एक अन्तरवार्ताका क्रममा कोहलीले भारतीय टिमको ब्याटिङको मुख्य आधारको रुपमा आफूले थप योगदान दिन सक्ने बताए ।
उनले केही समयको अन्तरालमै टी–ट्वान्टी तथा टेस्ट टिमको कप्तानी छाडे भने उनलाई एकदिवसिय टिमको कप्तानीबाट हटाइएको थियो ।
कोहलीलाई भारतीय टेस्ट टिमको एक सर्वाधिक सफल कप्तानको रुपमा लिइने गरिन्छ । तर उनले टेस्ट टिमको कप्तानी छाड्दा धेरैलाई आश्चर्यचकित पारेको थियो ।
कोहलीले सबै थोकका लागि एउटा समय र सिमा हुने गरेको तथा आफू त्यसप्रति सचेत रहेको बताए । उनले आफूले गर्नुपर्ने काम पुरा गरेको तथा थप हासिल गर्न अघि बढ्नुपरेको जनाए ।
कोहलीले ब्याट्सम्यानको रुपमा टिमलाई जित दिलाएर टिममा योगदान गर्न सक्ने तथा यसका लागि कप्तान हुनैपर्छ भन्ने नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *