२०८१ जेठ ११ गते | 25th of May 2024

१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार

१९ वर्षिय भण्डारीले पत्ता लगाए फेसबुकको बग, पाए ५९ हजार पुरस्कार
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:५६

१९ वर्षिय सरोज भण्डारीले फेसबुकको बग (सुरक्षा कमजोरी) पत्ता लगाएका छन् । मुगु घरभएका हाल ललितपुर बस्दै आएका भण्डारीले फेसबुकको बग पत्ता लगाएर ५०० अमेरिकी डलर अर्थात ५९ हजार नेपाली रूपैयाँ पुरस्कार पाएका हुन् ।
लक नभएको फेसबुक आईडिको फोन नम्बर राख्ने युआरएललाई कपी गरी लक भएको फेसबुक आईडीको युआरएलसँग रिप्लेस गरेर नयाँ फोन नम्बर राख्ने सकिने कमजोरी पत्ता लगाएको उनले बताए ।
उनले यो बगको रिपोर्ट एक महिना अगाडि गरेका थिए । त्यसपछि फेसबुकले उक्त बगलाई रिभ्यु गर्दै रिवार्ड दिएको हो । अहिले फेसबुकले उक्त बगलाई समाधान गरिसकेको छ ।
उनले रिपोर्ट गरेको यो पहिलो बग हो । पहिलो बगमा नै उनले सफलता हासिल गरेका हुन् । त्यसपछि पनि उनले ९ वटा बग रिपोर्ट गरे तर ती बग इनभ्यालिड भए । यी बगलाई सफ्टवेयर ग्लिच भन्दै फेसबुकले मार्क गरेको उनले जानकारी दिए ।
बग भ्यालिड भएसँगै उनी फेसबुकको ह्वाइच ह्याट थ्यांसको सूचीमा १६२ नम्बरमा रहेका छन् । भन्डारीले बग बाउन्टीको बारेमा लकडाउनमा बुझेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *