२०८१ जेठ ५ गते | 18th of May 2024

अफ्रिकी मुलुक गिनी बिसाउमा सैनिक विद्रोह, थुप्रै मरेको आशंका

अफ्रिकी मुलुक गिनी बिसाउमा सैनिक विद्रोह, थुप्रै मरेको आशंका
Sanchar_np प्रकाशित: २०७८ माघ १९ गते ६:०७

पश्चिमी अफ्रिकी मुलुक गिनी बिसाउमा भएको सैनिक विद्रोहका दौरान सुरक्षा फौजका थुप्रै सदस्यको ज्यान गएको त्यहाँका राष्ट्रपति उमाराओ सिस्सोको एम्बालोले बताएका छन् ।
एम्बालोले विद्रोहलाई नियन्त्रणमा लिइएको र यो कदम ‘प्रजातन्त्रविरुद्धको असफल आक्रमण’ भएको बताएका छन् ।
मंगलबार राजधानी बिसाउस्थित एउटा सरकारी भवननजिकै गोली चलेको सुनिएको थियो । त्यति बेला सो स्थानमा राष्ट्रपतिले मन्त्रिमण्डलको बैठक चलाइरहेको बताइएको छ ।
सेनाले राष्ट्रपति र उनको सरकारका प्रधानमन्त्री नुनो गोमेज नाबियामलगायत मन्त्रीहरूलाई नियन्त्रणमा लिएको बताइएको थियो । अज्ञात सशस्त्र बन्दुकधारीहरूले सो भवनमा आक्रमण गरेका थिए ।
नाम खुलाउन नचाहने एक सुरक्षासूत्रले सादा पोसाकमा रहेका बन्दुकधारीहरूले गोली चलाउँदा एकजना प्रहरी अधिकारी मारिएको बीबीसीलाई बताएको छ ।
एम्बालो सन् २०१९ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । पश्चिम अफ्रिकी क्षेत्रीय नेताहरूले यस घटनालाई विद्रोह प्रयासको संज्ञा दिँदै फौजलाई आ–आफ्ना ब्यारेकमा फर्कन आह्वान गरेका छन् ।
वास्तविकता के हो भन्ने स्पष्ट भइसकेको छैन । ती बन्दुकधारीहरू को हुन् र यकिन कतिजना मारिए भन्ने बताइएको छैन ।
पूर्वपुर्तगाली उपनिवेश यस गरिब मुलुकमा सन् १९८० यता नौपटक सैनिक विद्रोह भइसकेको छ ।
बीबीसीबाट ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *