२०८१ जेठ ११ गते | 25th of May 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि
Sanchar_np प्रकाशित: २०७८ माघ १९ गते ६:२१

पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आलग निगमले मंगलबार विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको जानकारी दिएको हो । निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको छ । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटरमा १० रुपैयाँ बढाएको निगमले जनाएको छ ।
पछिल्लो समायोजनसँगै पेट्रोलको भाउ प्रतिलिटर १४२ रुपैयाँ र मट्टितेल र डिजेलको १२५ रुपैयाँ पुगेको छ । हवाई इन्धन भने प्रतिलिटर ११६ रुपैयाँ हुन पुगेको छ ।
एपी ग्याँसको मूल्य यथावत् राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोगन गर्नु परेको निगमले जनाएको छ ।
यसअघि, बढाइएको मूल्यवृद्धि फिर्ताको माग गर्दै युवा तथा विद्यार्थी संगठनहरूले विरोध गर्दै आएका बेला निगमले पुनः मूल्य बढाएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *