२०८१ असार १ गते | 14th of June 2024

युक्रेनी सेनाले दोनेत्स्क र लुगान्स्कमा नागरिकमाथि आक्रमण गरेको दाबी

युक्रेनी सेनाले दोनेत्स्क र लुगान्स्कमा नागरिकमाथि आक्रमण गरेको दाबी
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १०:०५

युक्रेनको पूर्वी भागमा रहेका दुई प्रान्त दोनेत्स्क र लुगान्स्कमा युक्रेनी सेनाले सर्वसाधारणमाथि आक्रमण गरेको रुसको सरकारी समाचार संस्था स्पुतनिकले खबर दिएको छ ।
मिन्स्क सम्झौतालाई उल्लंघन गर्दै युक्रेनी सेनाले १२० मिलिमिटर क्यालिबरका मोर्टारहरू प्रहार गरेको जोइन्ट सेन्टर फर कन्ट्रोल यान्ड कोअर्डिनेसन अन द सीजफायर रेजिमले आइतवार जनाएको छ ।
कोमुनारिव्का र स्टारोमिखाइलिव्कामा रहेका बस्तीमा २० वटा मोर्टार प्रहार गरिएको हो ।
शनिवार राति किएभका सैनिकहरूले दोनेत्स्क शहरमा १२ वटा मोर्टार प्रहार गरेका थिए । अनि ओलेक्सान्द्रिव्कामा चारवटा १२२ एमएमको शेल पनि हानेका थिए । दोनेत्स्का अन्य क्षेत्रमा पनि मोर्टार आक्रमण गरिएका छन् ।
उक्त क्षेत्रका नागरिकलाई शुक्रवारदेखि रुसमा रहेको सुरक्षित स्थानमा सार्न थालिएको छ ।
युक्रेन र पूर्वका दुई प्रान्तबीच रहेको लाइन अफ कन्ट्याक्टमा तनाव विगत केही दिनयता निकै बढेको छ । युक्रेनी सेनाले ती क्षेत्रमा हतियार प्रहार बढाएको छ ।
विद्रोहीहरूले पनि युक्रेनी सेनामाथि आक्रमण बढाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *