२०८१ असार १ गते | 14th of June 2024

तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

तीन वाणिज्य बैंकसहित चार कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १०:२७

नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा सनराइज बैंक, नेपाल बङ्गलादेश बैंक, लक्ष्मी बैंक र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।
सनराइज बैंकको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता शेयर सूचीकृत भएको हो ।
यस्तै, नेपाल बङ्गलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको एक करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता, लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५.५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता शेयर सूचीकृत भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *