२०८१ असार १ गते | 14th of June 2024

कंगनाले आलियालाई भनिन् ‘मूभि माफिया’की छोरी

कंगनाले आलियालाई भनिन् ‘मूभि माफिया’की छोरी
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते ११:१२

बलिउड अभिनेत्री कंगना रनौट आफ्ना विवादित अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । केही समयअघि दीपिका पादुकोणको चलचित्र ‘गहराइयाँ’माथि निशाना साधेकी कंगना आलिया भट्टमाथि पनि खनिएकी छन् ।
आलिया भट्टलाई उनले मूभि माफियाकी छोरी बताएकी छन् । कंगनाले इन्स्टाग्राममा एक पोस्ट गर्दै बलिउड चलचित्र उद्योग मूभि माफियाको घेराबन्दीमा रहेको उल्लेख गरेकी छन् ।
आलिया अभिनित चलचित्र ‘गंगुबाई काठियावाडी’ रिलिजको संघारमा छ । कंगनाले यो शुक्रबार २०० करोड भारु बक्स अफिसमा पानीमा मिल्ने समेत दाबी गरेकी छन् ।
सञ्जय लीला भन्सालीको निर्देशनमा बनेको ‘गंगुबाई काठियावाडी’ आगामी शुक्रबार रिलिज हुँदैछ । यो चलचित्रमा आलिया र अजय देवगणको मुख्य भूमिका रहेको छ ।
कंगनाले लेखेकी छन्, ‘बाबु (मूभि माफिया)की परी, जसको साथमा बेलायती पासपोर्ट छ । किनकि, बाबु यो सावित गर्न चाहन्छन् कि रम कम बिंबो अभिनय गर्न सक्छिन् । शुक्रबार आउने फिल्मको सबैभन्दा झुर कास्टिङ छ । यसमा हैरानीको कुरा छैन किनभने अब स्क्रिन हलिउड र साउथतर्फ जाँदैछ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *