२०८१ असार १ गते | 14th of June 2024

बेलायतकी महारानीलाई कोरोना संक्रमण

बेलायतकी महारानीलाई कोरोना संक्रमण
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ६:०२

बेलायतकी महारानी एलिजवेथलाई कोरोना संक्रमण पुष्टि भएको छ। बकिङहम दरबारले महारानीको टेस्ट पोजेटिभ देखिएको जनाएको हो।
उनलाई मध्यमखाले संक्रमण देखिएको छ जसले गर्दा हलुका कामकाज यथावत रहने जनाइएको छ।

‘उहाँमाथि लगातार चिकित्सकीय निगरानी जारी छ आवश्यक मापदण्ड पालन गरिएको छ’,दरबारले जारी गरेको वक्तव्यमा भनिएको छ।
फेब्रुअरी १० मा उनका जेठा छोरा र वेल्सका राजकुमार मा कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसको दुई दिन अघि उनीहरुले महारानीलाई भेटेका थिए। महारानीको निवास्थान विन्डसर कास्टलमा धेरैलाई कोभिड १९ पोजेटिभ देखिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *