२०८१ असार १ गते | 14th of June 2024

अनमोलको ‘हनी बनी’ असोजमा रिलिज हुने

अनमोलको ‘हनी बनी’ असोजमा रिलिज हुने
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ६:५२

‘हनी बनी’ अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म हो । फिल्मको छायाङ्कन अहिलेसम्म सुरु भएको छैन । तर निर्माण युनिटले रिलिज मिति भने आगामी असोज १४ गते (दशैं) लाई घोषणा गरेको छ । फिल्मका निर्देशक दिवाकर भट्टराईले फिल्मको एक पोस्टर सार्वजनिक १४ असोज रिलिज मिति भएको जानकारी दिए । उनले फिल्म चैत्रको दोस्रो साताबाट छायाङ्कन सुरु हुने समेत बताए ।

फिल्ममा अनमोलको अलवा सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । फिल्मका लागि एक हिरोइन र अन्य कलाकार छनौटको क्रममा छन् । छिट्टै कलाकार र प्राविधिक छनौट हुने निर्देशक भट्टराइले जानकारी दिए । फिल्मका निर्माता अजितकुमार थापा हुन् । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्म बेलायतमा खिचिनेछ ।

एबी इन्टरनेसनलको प्रस्तुतिमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडको सहकार्यमा निर्माण हुने फिल्ममा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *