२०८१ असार १ गते | 14th of June 2024

ई–सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर सात लाख बढि असुली गर्ने दुई जना पक्राउ

ई–सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर सात लाख बढि असुली गर्ने दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ८:५०

ई–सेवाले बोनस बाँड्दैछ भनी प्रयोगकर्तालाई फोन गरेर रकम असुली गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखाले रौतहट माधव नारायण नगरपालिका २ घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका शुभम साह र बारा महागढिमाई नगरपालिका १० घर भई हाल पर्सा वीरगञ्जमा बस्दै आएका सर्फराज आलमलाई पक्राउ गरेको हो ।

उनीहरुले ई–सेवाको कर्मचारी बोलेको भनेर पीडितलाई फोन गरी आफ्नै ई–सेवाको अकाउन्टमा ५० हजार रुपैयाँ जम्मा गरेमा २५ सय रुपैयाँ बोनस पाइन्छ भनेका थिए ।

पछि पीडितले आफ्नो अकाउन्ट रकम जम्मा गरेपछि बोनस प्राप्त गर्नका लागि कुराकानी गर्दा विभिन्न कुरा गरी विश्वासमा पारी पीडित को ईसेवा आईडीको ओटीपी कोड प्राप्त गरे पश्चात बैंक खातामा समेत पहुँच बनाई सात लाख २७ हजार ३४८ रुपैयाँ ठगी गरेका थिए ।

ठगी गरेको रकमले टिकटकमा बिक्रीका लागि राखिएको आईफोन १३ प्रो म्याक्स १ लाख ९० हजारमा किन्ने सहमती गरी पीडितको खाताबाट सिधै मोबाइल बिक्रेताको खातामा रकम रकमान्तर गरेको र सो मोबाइल वीरगञ्जबाट पाउने गरी पठाउन लगाएको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *