२०८१ असार १ गते | 14th of June 2024

आयरल्यान्ड र युएई सेमिफाइनलमा

आयरल्यान्ड र युएई सेमिफाइनलमा
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते ९:५२

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएई र आयरल्यान्ड सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ग्रुप टु अन्तर्गत युएई, आयरल्यान्ड र बहराईनले समान दुई–दुई खेलमा जित हात पारेपनि नेट रनरेटका आधारमा युएई र आयारल्यान्ड अन्तिम चारमा प्रवेश गरेका हुन् ।

युएईले आफ्नो अन्तिम खेलमा बहराईनसँग २ रनले पराजित भएको थियो । यता अन्तिम खेलमा आयरल्यान्डले भने जर्मनीलाई ७ विकेटले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो ।

आयरल्यान्ड समूह विजेता तथा युएई उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *