२०८१ असार १ गते | 14th of June 2024

सचिवालय बैठक स्थगित गरेर माधव नेपाल र झलनाथ खनाल वार्तामा

सचिवालय बैठक स्थगित गरेर माधव नेपाल र झलनाथ खनाल वार्तामा
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते १०:०६

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो एक बजे बोलाइएको बैठक भोलि बस्नेगरी स्थगित भएको हो ।

शनिबारको स्थायी कमिटी बैठकले एमसीसीबारे थप निर्णय लिने अधिकार सचिवालयलाई दिएको छ । तर सचिवालय बैठक स्थगित गरेर अध्यक्ष माधवकुमार नेपाल र सम्मानित झलनाथ खनालबीच छलफल चलिरहेको छ ।

पूर्वप्रधानमन्त्री खनालले सोमबार एमसीसी संसदमा पेश हुँदा विरोध जनाएका थिए । खनालले एमसीसी पेश गर्न दिने पार्टी निर्णय नभएको प्रतिक्रिया दिएका छन् । तर अध्यक्ष नेपालको सहमतिमै सरकारले सोमबार एमसीसी संसदमा पेश गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *