२०८१ असार १ गते | 14th of June 2024

अब बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण तथा क्वरेण्टिन बस्न नपर्ने

अब बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण तथा क्वरेण्टिन बस्न नपर्ने
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते १२:०१

बहराइन प्रवेश गर्ने यात्रुलाई अब त्यहाँको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । बहराइन न्युज एजेन्सीका अनुसार हिजोदेखि नै बहराइन अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागू गरेको हो ।

कोरोनासँग जुध्न गठित बहराइनको राष्ट्रिय चिकित्सा कार्यसमितिको सिफारिसमा बहराइनको नागरिक उड्ययन विभागले यो नियम लागू गरेको हो । तर कोरोनाको लक्षण देखिएकाहरुको भने पीसीआर परीक्षण गरिनेछ । यस्तै नयाँ निर्णय सँगै अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा साथमा बी अवार मोबाइल एप्लिकेशन नभएकाहरुले पनि आइसोलेशन बस्न नपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *