२०८१ असार १ गते | 14th of June 2024

एमसिसी हतारमा संसदमा टेबुल गर्नु गलत : मुख्यमन्त्री राई

एमसिसी हतारमा संसदमा टेबुल गर्नु गलत : मुख्यमन्त्री राई
Sanchar_np प्रकाशित: २०७८ फागुन ९ गते १२:०७

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले एमसिसी विवादमा आइसकेपछि हतारमा संसदमा टेबुल गराउनु गलत भएको बताएका छन् ।
प्रदेश १ लगानी बोर्डको कार्यक्रममा मुख्यमन्त्री राईले दुई ठूला विकसित र शक्तिशाली राष्ट्रहरूको बीचमा नेपाल रहेको उल्लेख गर्दै सन्तुलित रूपले विकास गर्नुपर्ने भएकाले हतारमा एमसिसी पारित गराउनु गलत हुने बताए ।
विश्वमा छिटो प्रगतस गर्ने मुलुकहरू नेपालका छिमेकी चीन र भारत नै भएको उल्लेख गर्दै उनले अब नेपालले पनि आफ्नो आर्थिक समृद्धिको गतिलाई तीव्र रूपले अगाडि बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राईले संकटकाल सकिएपछि आर्थिक समृद्धिको घोषणा भए पनि व्यवहारमा फल प्राप्त हुन नसकेको बताए ।
अझै पनि झन्डै एक करोड नेपाली विदेशमा श्रम गर्न बाध्य भएकाले उत्पादनमा वृद्धि गरेर आर्थिक क्षमता नबढाए देश झनै संकटमा पर्ने निश्चित भएको उनको भनाइ छ ।
उनले प्रदेश सरकारको कुल पुँजीगत बजेट १२ अर्ब मात्र रहेको भन्दै विकासका लागि निजी क्षेत्रको सहयोगको खाँचो रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *