२०८१ साउन ८ गते | 23rd of July 2024

चीनले समात्यो सन् २०२२ को पहिलो ठूलो मानवरुपी माछो

चीनले समात्यो सन् २०२२ को पहिलो ठूलो मानवरुपी माछो
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ५:३८

चीनमा एक जना ठूला भ्रष्टाचारी समातिएका छन् । नयाँँ वर्ष सन् २०२२ को प्रारम्भमा समातिएका मा मिङ सबैभन्दा ठूला भ्रष्टाचारीमा गणना भएका छन् । गत बिहीबार सान्दोङ प्रान्तस्थित चिबो नगरको इन्टरमेडियट जनअदालतले माले १५ करोड चिनियाँ युआन घुस लिएको प्रमाणित गरेको हो ।
मा पहिले चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रबाट चिनियाँ जनकाँग्रेसको उपाध्यक्ष थिए । २७ वर्षको उमेरमा सन् १९८४ मा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बनेका उनी यसअघि ३० वर्षसम्म चिलिन प्रान्तमा उपगभर्नर, प्रान्तीय सार्वजनिक सुरक्षा विभागको निर्देशकलगायतका पदमा कार्यरत थिए ।
सन् २०१२ देखि उनी भित्री मंगोलियाको जिम्मेवारीमा खटेका हुन् । त्यहाँ पनि प्रान्तीय उपगभर्नर, प्रान्तीय सार्वजनिक सुरक्षा विभागको प्रमुखको जिम्मेवारी लिँदा उनले पदीय जिम्मेवारीको दुरुपयोग गरेको आरोप लागेको हो ।
उनले विभिन्न कर्मचारीको बढुवादेखि सर्वसाधारणको व्यवसायमा समेत पदीय आचरणविपरितको कार्य गरेर करोडौं रकम कुम्ल्याएको आरोप लागेपछि छानबिन थालिएको थियो ।
पार्टीको छानबिनपछि बुझाइएको प्रतिवेदनका आधारमा उनलाई काराबासको सजाय दिइएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights