२०८१ असार १ गते | 14th of June 2024

असिनापानीले पोखरामा करोडौँको कृषिबाली नष्ट

असिनापानीले पोखरामा करोडौँको कृषिबाली नष्ट
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ६:२४

आइतबार परेको असिनापानीले पोखरामा करोडौं रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र वस्तु नष्ट भएको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनएको छ ।

महाशाखाले पोखरा महानगरपालिकाका ९, ११, १३ र १८ वटामा सबैभन्दा धेरै क्षति भएको जनाएको छ । यी वडाबाहेक अन्य वडामा समेत क्षति भएको महाशाखाले जानकारी दिएको छ ।

ती वडामा लगाइएका तरकारी, नगदे वाली, फलफूल र तोरी तथा आलु लगायतका कृषिजन्य उत्पादन नष्ट भएको छ । तरकारी खेतीका लागि लगाइएका टनेल समेत असिनाले भत्काएको छ ।

आइतबार परेको असिनापानीले सडक अवरुद्ध गरेपछि त्यसलाई हटाउन डोजरको प्रयोग गर्नुपरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *