२०८० फागुन १४ गते | 26th of February 2024

नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु

नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ८:२९

नेपालमा जिका भाइरसको पिसिआर परीक्षण सुरु गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण सुरू गरिएको हो ।
प्रयोगशालामा मंगलवारदेखि जिकासँगै चिकनगुनिया र डेँगु भाइरसको पनि पिसिआर परीक्षण सुरु भएको छ । जनस्वास्थ्य प्रयोजनका लागि हाललाई परीक्षण निःशुल्क रुपमा सञ्चालन गरिने प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जानकारी दिइन्।

डेंगु भाइसर सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे अहिले देशका सबै जिल्लामा देखिएको छ। यो लामखुट्टेले जिका भाइरस तथा चिकनगुनिया पनि सार्न सक्ने विज्ञहरुले बताएका छन्। नेपालमा अहिलेसम्म डेंगु र चिकनगुनिया देखिए पनि जीका भाइरस देखिएको छैन।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *