२०८० फागुन २० गते | 3rd of March 2024

इरानले अमेरिकामा बनेको लाखौँ डोज खोप फिर्ता गर्यो

इरानले अमेरिकामा बनेको लाखौँ डोज खोप फिर्ता गर्यो
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ८:४८

इरानले पोल्यान्डले उपलब्ध गराएको कोरोनाभाइरसविरुद्धका आठ लाख २० हजार डोज खोप फिर्ता गरेको छ ।
इरानी सरकारी टेलिभिजनले स्वास्थ मन्त्रालयका अधिकारी मोहमद हासेमीलाई उद्धृत गर्दै संयुक्त राज्य अमेरिकामा निर्माण गरिएका खोप नलिने भन्दै ती खोप फिर्ता गरेको जनाएको छ ।

इरानले अहिले बेलायत र अमेरिकामा नबनेका पश्चिमी खोप मात्र आयात गर्दै आएको छ ।
पोल्यान्डले सहयोगस्वरूप इरानलाई करिब १० लाख डोज बेलायती–स्वीडेनी एस्ट्राजेनेका खोप दिएको थियो । तर, आइपुगेको खोपमध्ये आठ लाख २० हजारभन्दा बढी अमेरिकाबाट पठाइएको पाइयो ।

इरानका लागि पोल्यान्डका राजदूतको समन्वयमा ती खोप फर्काउने निर्णय भएको हो ।
इरानको सम्पूर्ण सरकारीस्तरीय मामिलामा अन्तिम निर्णय दिँदै आएका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले सन् २०२० मा मुलुकमा अमेरिकी वा बेलायती खोप भित्रिने सम्भावनालाई अस्वीकार गर्ने जनाएका थिए ।

इरानले अहिले कोरोनाभाइरस संक्रमण महामारीको छैटौँ चरण खेपिरहेको छ । साथै, तीव्र गतिमा फैलिएको ओमिक्रोन भेरियन्ट पनि इरानको ठूलो समस्या बनेको छ ।
कोभिड–१९ संक्रमणका कारण इरानमा हालसम्म एक लाख ३५ हजारभन्दा बढीको ज्यान गइसकेको छ । त्यो संख्या मध्पूर्र्वकै उच्च हो ।

एपीबाट ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *