२०८० फागुन ११ गते | 23rd of February 2024

धादिङबाट सालकको खपटासहित दुई जना पक्राउ

धादिङबाट सालकको खपटासहित दुई जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ९:०२

पृथ्वी राजमार्गअर्न्तगत धादिङको गजुरी गाउँपालिका १ स्थित गजुरीबजारबाट सालकको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । एक केजी खपटासहित ट्रक चालक र ट्रकमा सवारी व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ट्रक चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ बस्ने २३ वर्षीय शेरबहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका २ बस्ने १९ वर्षीय मानबहादुर तामाङ रहेका छन् ।
संरक्षित वन्यजन्तु सालकको खपटाको कारोबार तथा ओसारपसार हुँदै छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीको टोलीले पक्राउ गरेको हो ।

प्रहरी टोलीले आइतबार बेलुकी आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना. ८ ख ८४२९ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकमा लुकाई राखेको अवस्थामा फेला पारेको हो ।
बरामद गरिएको सालकको खपटासहित ट्रक, मोबाइलसहित पक्राउ गरिएकाहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङमा पठाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *