२०८१ असार ३१ गते | 15th of July 2024

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ९:२९

मकवानपुरमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।
बस्तिपुरबाट नेवारपानी तर्फजाँदै बागमती प्रदेश ०३–००५ प–१५०३ नम्बरको मोटरसाइकल ना५त७३३८ नम्बरको ट्रयाक्टरसँग ठोक्किंदा चालक स्थानीय १७ वर्षीय सुदिप तितुङको मृत्यु भएको छ ।

प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गको हेटौंडा–मनहरी सडकखण्डको हेटौंडा उपमहानगरपालिका–१९ दारिमटारमा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका तितुङको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, हेटौंडा–फाखेल–काठमाडौं सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२ मा पनि मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।काठमाडौंबाट आउँदै गरेको बा५७प ८५७० नम्बरको मोटरसाइकल इन्द्रसरोवर–२ मा दुर्घटना हुँदा चालक ३३ वर्षीय दोर्जे लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights