२०८१ साउन ८ गते | 23rd of July 2024

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपालटारबाट पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नेपालटारबाट पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ९:३१

बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ । नुवाकोटको शिवपुरी गाउँपलिका –८ घर भई तारकेश्वर नगरपालिका–१० मनमैजुमा श्रृष्टि फलफूल पसल गर्दै आएका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ५ दिन कैद सजाय र २२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।

पाण्डेले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी–जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । नेपालटारमा लुकिछपी बसिरहेको अवस्थामा खड्कालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights