२०८० फागुन ११ गते | 23rd of February 2024

दलहरूको आ–आफ्नै अडानले जुटेन प्रदेश १ नामाकरण

दलहरूको आ–आफ्नै अडानले जुटेन प्रदेश १ नामाकरण
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ११:४३

प्रदेश १ को नामाकरण सहमतिका आधारमा टुंगोमा पुर्याउने भनिए पनि दलहरू भने आ–आफ्नै अडानमा देखिएका छन् ।
नामाकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामाकरणका विषयमा ठोस कुरा भने राखेनन् ।

दलका प्रदेशका शीर्ष नेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामाकरण गर्नुपर्नेमा जोड दिए ।
नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । उनले एमाले पेलेर जाने या ठेलेर जाने भएको भए दुई तिहाको सरकार भएका बेला प्रदेशको नाम टुंगोमा पुर्याउने बताए । ‘हामी उहिल्यै नाम राख्थ्यौ,’ उनले भने ।

सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको भन्दै न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझारूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामाकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे । पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताए ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङले पहिचानका आधारमा प्रदेशको नामाकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए । उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *