२०८० फागुन २० गते | 3rd of March 2024

जयनन्द लामाको निधन कलाकारिता क्षेत्रमा ठूलो क्षति : राष्ट्रपति

जयनन्द लामाको निधन कलाकारिता क्षेत्रमा ठूलो क्षति : राष्ट्रपति
Sanchar_np प्रकाशित: २०७८ फागुन ११ गते ८:५०

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकगायक तथा कलाकार जयनन्द लामाको निधनले कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको बताएकी छन् । गायक लामाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले यस्तो बताएकी हुन् ।

“प्रसिद्ध लोकगीत संकलक‚ गायक तथा अभिनेता जयनन्द लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ । दुःखको यस घडीमा स्वर्गीय लामाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,” राष्ट्रपति भण्डारीले ट्विटमा लेखेकी छन् ।

लोकगायक लामाको आज बिहान निधन भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *