२०८१ असार ३१ गते | 15th of July 2024

टिकट र पासपोर्टबिनै जहाजमा पुगेका युवक समातिए

टिकट र पासपोर्टबिनै जहाजमा पुगेका युवक समातिए
Sanchar_np प्रकाशित: २०७८ फागुन ११ गते १०:४१

नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट सोमबार राति टिकट र पासपोर्टबिनै विदेश जान खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटका १८ वर्षीय हस्पम आलम रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताएका छन्।

‘यसो हेर्दा मानसिक अवस्था ठिक नभएको जस्तो देखिएको छ,‘ उनी भन्छन्, ‘बिना कागजात जहाजसम्म पुगेपछि प्रहरीको सहायतामा उनलाई नियन्त्रणमा लिइएको हो।‘

पक्राउ परेका आलमलाई हाल महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

आलम कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट टिकट, पासपोर्ट र अन्य कागजातबिनै विदेश जान खोजेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights