२०८१ असार १ गते | 14th of June 2024

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै

तेस्रो स्थानको लागि नेपाल र ओमान भिड्दै
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ५:५३

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ए अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज बिहीबार ओमानको सामना गर्दैछ । ओमानको अल अमेरातमा नेपालले घरेलु टोलीको सामना गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा पराजित भएपछि अष्ट्रेलियामा हुने टी– ट्वान्टी विश्वकपमा पुग्न असफल नेपाल ओमानलाई हराएर तेस्रो स्थान हासिल गर्न चाहन्छ । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको थियो । जसको कारण नेपालको विश्वकप सपना सकिएको थियो ।

ओमान पनि नेपाललाई हराएर तेस्रो स्थान हासिल गर्ने योजनामा छ । ओमान सेमिफाइनलमा आयरल्याण्डसँग पराजित भएको थियो ।

छनोटको उपाधिका लागि युएई र आयरल्याण्ड भिड्ने छन् । फाइनल पुगेका युएई र आयरल्याण्ड अष्ट्रेलिया विश्वकपका लागि समेत छनोट भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *