२०८० फागुन ११ गते | 23rd of February 2024

युनाईटेड र एट्लेटिकोको बराबरी

युनाईटेड र एट्लेटिकोको बराबरी
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ६:२१

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडसँग बराबरी खेलेको छ ।बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब एट्लेटिकोसँग १–१ गोलको बराबरी खेलेको हो ।

खेलको सातौं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८० औं मिनेटमा एन्थोनी एलंगाले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

अब दुई टोलीबीचको दोस्रो लेग मार्च १६ मा हुने छ । खेल युनाईटेडको घरेलु मैदानमा हुनेछ ।

च्याम्पियन्स लिग अन्तर्गत नै अर्को खेलमा बेन्फिका र आयाक्सले २–२ गोलको बराबरी खेलेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *