२०८० फागुन २० गते | 3rd of March 2024

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ६:३४

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाइकलसहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाडौं बस्ने २३ वर्षीय आर्टी तामाङलाई बनेपाको भीमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्बरको कालो, रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

वास्तविक नम्बर प्रदेश ३–०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाइकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । सवारी धनीलाई मोटरसाइकल भेटिएको जानकारीसमेत दिइसकेको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा आएको मोटरसाइकलसहित पक्राउ परेका मानिसलाई चोरी मुद्दामा अनुसन्धान एव कारबाहीका लागि इलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *