२०८१ असार ३१ गते | 15th of July 2024

मिसाइल हमलाका बीच युक्रेनको दाबी – हामीमाथि तीन तिरबाट हमला भयो, रुसका ६ विमान खसालियो

मिसाइल हमलाका बीच युक्रेनको दाबी – हामीमाथि तीन तिरबाट हमला भयो, रुसका ६ विमान खसालियो
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ७:१६

लामो तनावका बीच रुसले बिहिबार बिहान ५ बजे युक्रेनमाथि हमला गरिदिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिभिजनमा हमलाको घोषणा गरेका हुन् । रुस र युक्रेनका बीच अरु कसैले दखल दिए खराब परिणाम भोग्नुपर्ने रुसले चेतावनी दिएको छ । उनको इशारा अमेरिका र नेटो फोर्सेसतर्फ थियो ।

यो बयानको पाँच मिनेट भित्र युक्रेनमा राजधानी किवसमेत थुप्रै प्रान्तमा १२ बिस्फोट भए । राजधानी किवमाथि मिसाइल आक्रमण भयो । त्यहाँ विमानस्थल पनि बन्द गरिएको छ ।

हमलाको युक्रेनले पनि जवाफ दिएको र रुसी विमानलाई खसालेको दाबी गरेको छ । यद्यपि, रुसले युक्रेनको दाबी अस्विकार गरेको छ । युक्रेनले आफूले यो हमलाको जवाफ दिने र युद्ध जित्नेछ ।

त्यसको केही बेरपछि युक्रेनले अर्को एउटा बयान जारी गर्यो । युक्रेनले आफूमाथि तीन तर्फबाट – रुस, बेलारुस र क्राइमिया सीमाको तर्फबाट हमला भएको बताएको छ । लुहान्स्क, खारकिव, चरनीव, सुमी र जेठोमिर प्रान्तमा हमला जारी छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights