२०८० फागुन १४ गते | 26th of February 2024

टिममा ९ खेलाडी भए विश्वकपको खेल हुने

टिममा ९ खेलाडी भए विश्वकपको खेल हुने
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:२३

मार्च ४ देखि न्यूजिल्यान्डमा हुने आईसीसी महिला एकदिवसिय विश्वकपका दौरान एक टिममा ९ खेलाडी उपलब्ध भए खेल हुने जनाएको छ ।

कोभिड–१९ महामारीलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहीबार एउटा टिममा ९ जना खेलाडी उपलब्ध भए खेल हुने स्पष्ट पारेको छ ।

खासमा तोकिएको समयमै खेल संचालन गर्ने उदेश्यले आईसीसीले यो प्रावधान लागू गरेको हो ।

आईसीसीले जनाए अनुसार टिममा कोभिडको प्रकोपका कारण खेलाडीहरु उपलब्ध हुन नसके व्यवस्थापन तथा कोचिङ स्टाफमा महिला भए उनीहरुलाई समेत वैकल्पिक फिल्डरका रुपमा राख्न पाउनेछ ।

त्यसैगरी, सहभागी टिमलाई तीनजना वैकल्पिक खेलाडी ल्याउन पाउने व्यवस्था समेत गरिएको छ । प्रतियोगितामा आयोजक न्यूजिल्यान्ड, अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, भारत, बंगलादेश, पाकिस्तान र वेस्ट इन्डिजको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *