२०८० फागुन ११ गते | 23rd of February 2024

प्रधानन्यायाधीशमाथिको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानन्यायाधीशमाथिको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दर्ता
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:२७

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ताद्वय दीपक मिश्र र पुण्य खतिवडाले दायर गरेको रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । रिटमा महाभियोग प्रस्ताव असंवैधानिक र गैरकानुनी भन्दै खारेज गरी प्रधानन्यायाधीश राणालाई पद बहाल गराई काममा फर्काउन माग गरिएको छ ।

प्रवक्ता पौडेलले रिटमा संवैधानिक अधिकारसम्बन्धी विषय भएकाले यो संवैधानिक इजलासमा दर्ता भएको बताए । संवैधानिक इजलास सञ्चालनमा आएपछि यो मुद्दामा सुनुवाइ अघि बढ्नेछ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोग लागेसँगै जबरा निलम्बनमा छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *