२०८० फागुन ११ गते | 23rd of February 2024

च्यासललाई हराउँदै सातदोबाटोको सुखद अन्त्य

च्यासललाई हराउँदै सातदोबाटोको सुखद अन्त्य
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:४६

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा सातदोबाटो युथ क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोले च्यासल युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले निर्णायक गोल गरे । खेलको सातौं मिनेटमा मार्टिन्सले गोल गरेका हुन् ।

यस जितसँगै सातदोबाटोले लिगमा सुखद अन्त्य गरेको छ । सातदोबाटो लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

सातदोबाटोले १३ खेलमा २१ अंक जोडेको छ । च्यासलले भने हारबाट लिगको अन्त्य गरेको छ । र, बी डिभिजनमा घटुवा भएको छ ।

च्यासल १३ खेलमा ६ अंक जोडेर पुछारमा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *