२०८१ असार १ गते | 14th of June 2024

कोरोनाका कारण स्थगित भएको प्रदर्शनी पुनः हुने

कोरोनाका कारण स्थगित भएको प्रदर्शनी पुनः हुने
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:४७

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ पुनः हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा आउदो चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सो प्रदर्शनी हुने बताइएको छ ।

प्रदर्शनीको आयोजकमा संघसहित कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहेका छन् ।

नामियाका अध्यक्ष खोजराज कटुवालले माघ ५ गतेदेखि ९ गतेसम्मका लागि प्रदर्शनी गर्ने तय भइसकेको थियो, त्यसको तयारी ८० प्रतिशत पुरा पनि भएको थियो । तर सरकारले ओमिक्रोनका कारण तय गरेको स्वास्थ्य मापदण्डका कारण प्रदर्शन स्थगित भएको बताए ।

त्यसको तयारीका लागि ६० लाख रुपैयाँ खर्च पनि भइसकेको थियो । तर स्वास्थ्यलाई मध्यनजर गर्दै सो प्रदर्शन स्थगित भएको थियो अहिले पुनः सोही ठाउँमा प्रदर्शनी गर्न लागेको उनले बताए । उनका अनुसार मेलामा २० देशका कृषि यन्त्रहरु प्रदर्शनी गरिनेछ ।

‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ मुल नाराकासाथ कृषि यान्त्रिकरण हुन लागेको प्रदर्शनीमा १५० प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिने बताइएको छ ।
करिब ७० जिल्लाका एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ भने प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अनुमान आयोजक संस्थाले गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *