२०८१ असार ३१ गते | 15th of July 2024

फिलिपिन्समाथि जर्मनीको जित

फिलिपिन्समाथि जर्मनीको जित
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:४९

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत जर्मनी सातौं भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा फिलिपिन्सलाई ९ विकेटले पराजित गर्दै जर्मनी सातौं भएको हो ।

१ सय १० रनको लक्ष्य जर्मनीले १२ दशमलब ५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । जर्मनीका लागि माइकल रिचर्डसनले अविजित रहदै सर्वाधिक ५९ रनको योगदान गरे ।

जस्टीन ब्रोडले अविजित ५० रन जोडे । फिलिपिन्सका लागि एकमात्र विकेट हुजैफा मोहम्मदले लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ९ रन जोडेको थियो । फिलिपिन्सका लागि ड्यानियल स्मीथले सर्वाधिक ३५ तथा हेनरी टेलरले २३ रन जोडे ।

जर्मनीका लागि इलाम भारथीले सर्वाधिक ४ विकेट हात पारे । पराजयपछि फिलिपिन्स आठौं भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights